Comments Add Comment

रिजाल दम्पतीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

रमेश थापा
पाँचथर:पाँचथरको फिदिम नगरपालिका–१० स्थीत खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। जनसेवा समाज पाँचथरको संयोजनमा फिदिमका युवा ब्यवसायी तथा समाज सेवी सुजन रिजाल र श्रीमती मिरा रिजालको आर्थिक सहयोगमा ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर र स्टेसनरी सामाग्री बितरण गरिएको हो।

पुष र माघको जाडोमा विद्यार्थीहरुलाई चिसोबाट बचाउनको लागि न्यानो कपडा सहित स्टेसनरी वितरण गरिएको रिजाल दम्पतीले जनाएका छन।
जनसेवा समाजका सल्लाहकार नरेन्द्र प्रसाद अधिकारीको सहकार्यमा खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर तथा स्टेसनरी सामाग्री बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै