0 प्रतिक्रिया
७४ औं मदन भण्डारी जन्मजयन्ति अवसरमा वृक्षरोपण, विचारविमर्श र सहयोग कार्यक्रम सम्पन्न
AI सारांश
Fast AI१. राष्ट्रिय युवा संघ नेपाल, पाँचथर्ले फिदिम नगरपालिका–४ स्थित डाँडागाउँ सामुदायिक वन क्षेत्रमा ५०० बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएको छ।
२. मदन भण्डारी फाउण्डेसन र मानवअधिकार एलाइन्स पाँचथरको संयुक्त आयोजनामा फिदिम नगरपालिका–२, रमिते पहिरो क्षेत्रमा २०० बिरुवा रोपिएको र विचारविमर्श कार्यक्रम समेत सञ्चालन गरिएको छ।
३. नेकपा (एमाले) फिदिम नगर कमिटी र वडा नं. १ कमिटीले फिदिम–१, नाम्दुस्थित श्री पिपलबोटे आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन्।
फिदिम, असार १४ — ७४ औं मदन भण्डारी जन्मजयन्ति अवसरमा शनिवार विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
राष्ट्रिय युवा संघ नेपाल, पाँचथरले फिदिम नगरपालिका–४ स्थित डाँडागाउँ सामुदायिक वन क्षेत्रमा ५०० बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएको छ।
त्यसैगरी, मदन भण्डारी फाउण्डेसन र मानवअधिकार एलाइन्स पाँचथरको संयुक्त आयोजनामा फिदिम नगरपालिका–२, रमिते पहिरो क्षेत्रमा २०० बिरुवा रोपिएको र विचारविमर्श कार्यक्रम समेत सञ्चालन गरिएको मदन भण्डारी फाउण्डेसन पाँचथरका सचिव जलकुमार तामाङले जानकारी दिनुभयो।
यस्तै, पूर्व पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी नवराज घिमिरेले हिलिहाङ–५ निवासी स्वर्गीय प्रेम संग्रालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
यसै अवसरमा नेकपा (एमाले) फिदिम नगर कमिटी र वडा नं. १ कमिटीले फिदिम–१, नाम्दुस्थित श्री पिपलबोटे आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन्।

सचिव तामाङका अनुसार मदन भण्डारीको स्मृतिमा गरिएको यस्ता कार्यक्रमले वातावरणीय सचेतना, सामाजिक सद्भाव र सहयोग भावनालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











