+
+

स्वास्थ्य शिविरबाट दुई हजार जनाभन्दा बढी लाभान्वित

180 पटक हेरिएको
Clock २०८२ जेष्ठ ११, आईतवार १२:४२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिममा आयोजित स्वास्थ्य शिविरबाट दुई हजार ११३ जना महिलाहरु लाभान्वित भएका छन ।
२. शिविरमा क्यान्सरका सम्भावित लक्षण पहिचान जाँच गर्नेको सङ्ख्या एक हजार ५२६ जना रहेको छ ।
३. शिविरमा आएकामध्ये २४ जना महिलाहरुलाई विभिन्न जटिल स्वास्थ्य समस्या देखिएकाले उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको छ ।

पाँचथर, १० जेठः
महिलाहरुका लागि पाठेघर तथा स्तन क्यान्सरको लक्षण पत्ता लगाउने उद्देश्यले यहाँ आयोजित स्वास्थ्य शिविरबाट दुई हजार जनाभन्दा बढी महिला लाभान्वित भएका छन ।
भक्तपुर क्यान्सर अस्पताल र फिदिम नगरपालिकाले शुक्रवार र शनिवार पाँचथरको फिदिममा आयोजना गरेको महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सरको ‘स्क्रिनिङ’ शिविरबाट दुई हजार ११३ जना महिलाहरु लाभान्वित भएका हुन । पाँचथरसहित छिमेकी जिल्ला तेह्रथुम र ताप्लेजुङका समेत केही सेवाग्राहीले शिविरबाट सेवा पाएका छन।
शिविरमा क्यान्सरका सम्भावित लक्षण पहिचान जाँच गर्नेको सङ्ख्या एक हजार ५२६ जना रहेको छ भने अन्य सामान्य रोगको परीक्षण गर्नेको सङ्ख्या ३५६ जना रहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले जानकारी दिनुभयो । शिविरमा २०७ जनाले भिडिओ एक्स–रे सेवा, ३१ जनाले आङ खस्ने समस्याको परीक्षण सेवा लिएका छन । शिविरमा आएकामध्ये २४ जना महिलाहरुलाई विभिन्न जटिल स्वास्थ्य समस्या देखिएकाले उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको छ ।
क्यान्सरको सम्भावित लक्षणको पहिचानका लागि आएका महिलाहरुमध्ये करीव ७० प्रतिशतमा पाठेघरको मुखमा घाउ भएको, सेतो पानी बग्ने जस्ता समस्या देखिएको कार्यकारी निर्देशक डा. चालिसेले जानकारी दिनुभयो । उक्त शिविरमा ग्रामीण भेगका महिलाहरुको सहभागिता रहेको हुँदा आगामी दिनमा पाठेघर तथा स्तनको क्यान्सर लाग्नुपूर्व नै नियमित चेकजाँच गर्ने सन्देश फैलने अपेक्षा गरिएको डा. चालिसेको भनाइ छ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालबाट कार्यकारी निर्देशक डा. चालिसेसहित चिकित्सक र स्वास्थ्यकर्मी गरी १८ जनाको टोली सेवा दिन फिदिम आएको थियो । फिदिम नगरपालिकाले शिविरको स्थानीय आयोजना तथा ब्यवस्थापन गरेको हो । शिविरमा भएको परीक्षणको नतिजा आगामी दुई साताभित्र फिदिम नगरपालिकाको स्वास्थ्य शाखामार्फत सम्वन्धित विरामीलाई जानकारी दिइने फिदिम नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मित्रप्रसाद काफ्लेले गत वर्ष पनि सोही प्रकारको शिविर सञ्चालन गर्दा ३६ जना महिलाहरुमा क्यान्सरको लक्षण देखिएको थियो । गत वर्ष ९८४ जना महिलाहरुको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो । गत वर्ष सेवा लिन नपाएका धेरै महिलाहरुले यस वर्ष पनि सञ्चालन गरिनुपर्ने माग गरेपनि भक्तपुर क्यान्सर अस्पतालसँगको समन्वयमा शिविर आयोजना गरिएको काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win