Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

आठौं सुम्हात्लुङ मिनि म्याराथनको उपाधि अमीर र पुष्पालाई

पाँचथर, १२ पुषः
आठौं सुम्हात्लुङ मिनि म्याराथनको उपाधि ताप्लेजुङका अमीर तेङबुङ र पाँचथरकी पुष्पा शेर्माले जितेका छन ।
आज सम्पन्न म्याराथनमा ९.५ किलोमिटर दूरी २८ मिनेटमा पार गरेर पुरुषतर्फ अमीरले उपाधि जित्नुभएको हो। पुरुषतर्फ ओसन राई द्वितीय र रमेश लिम्बू तृतीय हुनुभयो। उहाँले निर्धारित दूरी क्रमशः २९ र ३० मिनेटमा पार गर्नुभएको थियो। पुरुषतर्फका विजेताले रु. ३० हजार, द्वितीयले रु. २० हजार र तृतीयले रु. १५ हजार रकमसहित ट्रफी प्राप्त गर्नुभयो।
महिलातर्फ ५ किलोमिटर दूरी १९ मिनेटमा पार गर्दै पाँचथरकी पुष्पा शेर्मा प्रथम हुनुभयो। यस्तै २० मिनेट र २० मिनेट ३० सेकेण्डमा सो दूरी पार गर्दैै कृतिका नेम्बाङ र मेन्छोमा तुम्बापो क्रमशः द्वितीय र तृतीय हुन सफल हुनुभयो। महिलातर्फका विजेता, द्वितीय र तृतीयले क्रमशः रु. २० हजार, १० हजार र पाँच हजार रकम पुरस्कारसहित ट्रफी प्राप्त गर्नुभयो।
येले सम्बत ५०८५ को अवसरमा पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गढीमा चासोक (न्वागी पर्व) मेलाका आयोजना गरिएको छ। सोही मेलाको अवसर पारेर वर्षेनि मिनि म्याराथन प्रतियोगिता सञ्चालन हुँदै आएको छ। मेलाका अवसरमा रैथाने संस्कृतिको जगेर्नाका लागि प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमहरु, परम्परागत परिकारहरु, परम्परागत सामग्रीको प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिएको सुम्हात्लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानका अध्यक्ष नन्दविक्रम लावतीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै