मनोज थापा
पाँचथर, १७ मंसिर २०८१-पूर्व कुलपति प्राज्ञ श्री बैरागी काँइला ज्युको प्रमुख आतिथ्यतामा आगामी २०८१ मङ्सिर २२ र २३ गते धरानमा “सम्बाहाङ्फे उत्थान संघ” को चौथो राष्ट्रिय महाधिवेशन र वंशावली विमोचन (प्रकाशन) कार्यक्रम आयोजना हुने भएको छ।
सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिले सम्पूर्ण सम्बाहाङ्फे दाजुभाई, दिदिबहिनी, इष्ट मित्र, कुलकुटुम्ब र शुभचिन्तकहरुमा यस महत्त्वपूर्ण अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।
सम्बाहाङ्फे उत्थान संघले यो अवसरलाई सम्बाहाङ्फे समुदायको उत्थान र एकता प्रवर्धनको लागि महत्वपूर्ण कदमको रुपमा लिइरहेको छ। यस कार्यक्रमले सम्बाहाङ्फे समुदायको एकता र भविष्यका योजनाहरूलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
वंशावली खोज, अध्ययन र अनुसन्धान कार्यदलका संयोजक पूर्व सामान्य प्रशासन तथा राज्य मन्त्री डम्बरसिं सम्बाहाङ्फेले यस ऐतिहासिक कार्यक्रममा वंशावली विमोचन र सम्बाहाङ्फे समाजको उत्थानसँग सम्बन्धित विविध मुद्दाहरूमा छलफल हुने बताएका छन्।