रमेश थापा
पाँचथर-पाँचथरको फिदिम नगरपालिकाले कृषिमा यान्त्रिकरण गर्न ठुलो संख्यामा किसानलाई कृषि औजार बितरण गर्न लागेको छ। परम्परागत खेती प्रणालीलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्न अनुदानमा कृषि औजार र उपकरण बितरण गर्न लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ६० लाख बराबरको कृषि औजार तथा उपकरणहरू खरिद गरेका छ । कृषि औजार र उपकरणको लागि ठेक्का मार्फत १८१ थान मिनिटिलर, १६० च्याफकटर, १८५ राईस मिल, ११ थान मकै छोडाउने मेशिन, २ थान उखु मिल र ४० वटा स्प्रेयर खरिद गरेको छ ।
कृषि कार्यक्रम अन्तरर्गत ५४४ टनेल, ६५ पानी पोखरी, ९०० वर्ग मिटर ईन्सेक्ट नेट, ५३ वटा काउम्याट रहेका छन । त्यसैगरी २० थान फ्रिज, १४० मिल्क क्यान, ४ वटा मिल्क एनालाईजर र २० वटा ५ सय लिटरको ट्याङ्की खरिद गरेको नगरप्रमुख मित्रप्रसाद काफ्लले जानकारी दिए ।
नगरपालिकाले खरिद गरेको औजार र उपकरण साथै अन्य सामाग्रीहरु सम्बन्धित वडाको सिफारिसको आधारमा मात्रै वितरण गर्ने भएको छ । खरिद गरिएका सामाग्रीहरु मध्ये केही सामाग्रीहरु वडाको बजेटबाट पनि खरिद गरेको नगर प्रमुख काफ्लेको भनाइ छ । नगरपालिकाले विद्युत्तिय प्रकृयाबाट औजार उपकरण खरिद गरेकाले लागत अनुमानमा ५२ लाख ५ हजार ९ सय २५ रुपैयाँ रकम बचत रहेको जनाइएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा अहिलेसम्मकै ठुलो मात्रामा नगरबासीहरुलाई अनुदानको औधार र उपकरण बितरण गर्न लागेको जनाएको छ । कृषकहरुले कृषि औजार र उपकरणको माग धेरै गरेकाले कृषि सामाग्री खरिद गरी बितरण गर्न लागेको नगरपालिकाले जनाएको छ ।
फिदिम नगरपालिकाले कृषिमा यान्त्रिकरण गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
२
पाँचथरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण सम्पन्न
२०८२ फागुण १५ गते , शुक्रबार
३
अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह
२०८२ फागुण १३ गते , बुधबार
४
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
२०८२ फागुण १३ गते , बुधबार
५
१४ औँ धरान १० के रनमा पाँचथरकी पुष्पा शेर्मा दोस्रो
२०८२ फागुण १२ गते , मंगलबार
६
ताप्लेजुङमा दुई अस्थायी मतदान केन्द्र
२०८२ फागुण १२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


