0 प्रतिक्रिया
प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक हुन्- गृहमन्त्री लेखक
AI सारांश
Fast AI१. गृहमन्त्री रमेश लेखकले स्वर्गीय नेता प्रदीप गिरीलाई नेपाली राजनीतिमा सबैको मार्गदर्शक बताएका छन्।
२. प्रदीप गिरीको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो।
३. मन्त्री लेखकले नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र उर्जा प्राप्तिमा अमर रहिरहने विश्वास व्यक्त गरे।
सिरहा । गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन् ।
आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरी आश्रम’मा गिरिको दोस्रो बार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
“समाज, दर्शन र अर्थशास्त्रमा स्व. गिरीको अद्भूत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्पे्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भने,“हामी त उहाँको अगाडी कुवाँ हौं । एउटा कुवाँले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरी हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरीको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो ।
गिरीलाई सम्झिँदै मन्त्री लेखकले भने, “उहाँको उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले उर्जा लिनुपर्छ । उहाँ जस्तो अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, जसको अभाव मुलुकलाई सधैँ खड्कीरहने छ ।” त्यसैगरि नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र उर्जा प्राप्तिमा अमर रहिरहने विश्वास समेत मन्त्री लेखकले व्यक्त गरे ।
प्रदिप गिरी मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा सम्बोधन गर्नुअघि स्व. नेता गिरिको पूर्णकदको शालिकमा मन्त्री लेखकले माल्यार्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले समृद्ध मुलुक निर्माण गर्न वर्तमान सरकार गठन भएको समेत बताए । त्यसैगरि उनले मुलुकमा स्थिर सरकार दिनु, शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउनु, सुशासन कायम राख्नु, विकासको गति बढाउनु तथा लगानीको वातावरण निर्माण गरि मुलुकभित्रै रोजगारीको सृजना गर्नु सरकारको मुख्य उद्धेश्य रहेको समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रसको केन्द्रीय सदस्य एवं पुर्व मन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव, नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगाएतले मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









