+
+

अमेरिकामा ५८३ आप्रावासी पक्राउ, सैन्यबिमानवाट देश निकाला सुरू

170 पटक हेरिएको
Clock २०८१ माघ १२, शनिबार १०:४२
-- Sponsored --

AI सारांश

Fast AI

१. अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध कारबाही गरिरहेको छ, जसका कारण सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ।
२. ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए।
३. ट्रम्प प्रशासनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।

काठमाडौं, १२ माघ । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ। 

यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए।

क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भने।  ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सिमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो।

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्त्वपूर्ण निर्णय लिएका थिए। सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win