थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
AI सारांश
Fast AI१. सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ।
२. विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका राजकुमार विष्टले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ।
३. राजकुमार विष्टले १० जनालाई रोजगारी प्रदान गर्दै आउनुभएको छ र उनका सिकाइएकाहरू वैदेशिक रोजगारीमा गएर पनि थाङ्का कला प्रस्तुत गर्ने गरेका छन्।
धरान (सुनसरी), १३ मङ्सिरः बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ।
उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। घर खर्च यसैबाट जुटाउने गरेको छु। धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ।
थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन्। उहाँ सुनाउनुहुन्छ। विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो। उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो।
एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु चार हजारदेखि रु पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories










Hi there this is kind of of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding experience so I wanted to get advice from someone with experience. Any help would be enormously appreciated!