+
+

फाल्गुनन्दमा ३५ मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम, स्थानीय न्याय सुदृढीकरणमा जोड

0 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख १३, आईतवार २२:०१
-- Sponsored --

AI सारांश

Fast AI

अहिले सेवा व्यस्त छ, कृपया केही समय पछि हेर्नुहोला।

युद्धबहादुर बोहोरा

पाँचथरः फाल्गुनन्द गाउँपालिकाले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ३५ जना मेलमिलापकर्तालाई पुनर्ताजगी (रिफ्रेसर) तालिम प्रदान गरेको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालित उक्त तालिम वैशाख १० गतेदेखि १२ गतेसम्म आवासीय रूपमा सम्पन्न भएको हो। पालिकाका सातै वडाबाट छनोट भई यसअघि ४८ घण्टे आधारभूत तालिम लिएका मेलमिलापकर्ताहरूलाई थप सुदृढ बनाउन अभिमुखीकरण स्वरूप पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो। तालिममा महिला तथा पुरुष दुवैको सन्तुलित सहभागिता रहेको थियो भने स्थानीय समाजसेवी, जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।

तालिम गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको थियो। कार्यक्रमबारे जानकारी दिँदै न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीले स्थानीय विवाद समाधानलाई समुदायमै सहज बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता तालिमहरूले मेलमिलापकर्ताको दक्षता अभिवृद्धि गर्नुका साथै न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। सहभागी सबैलाई व्याग, डायरी, प्रमाणपत्र तथा आवश्यक समाग्री पनि वितरण गरिएको थियो । तालिममा अधिवक्ता सहमान विश्वकर्मा र अधिवक्ता युधिष्ठिरराज आमगाईले सहजीकरण गरेका थिए। उनीहरूले मेलमिलापकर्ताका गुण तथा आचारसंहिता, मिलापत्र लेखन प्रक्रिया, मेलमिलापका चरणहरू, स्थानीय तहको न्यायिक अधिकार क्षेत्र, मेलमिलापमा सञ्चारको भूमिका, सरोकारवालाहरूको पहिचान र महत्व तथा मेलमिलापकर्ताले गर्न नहुने कार्यहरू जस्ता व्यवहारिक तथा कानुनी विषयमा विस्तृत प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्य रहेको थियो। उनले गाउँपालिकाले उत्पादन गरेका मेलमिलापकर्ताहरू विभिन्न क्षेत्र सञ्चार, शिक्षा, व्यापार, राजनीति तथा सामाजिक सेवामा सक्रिय व्यक्तिहरू रहेको उल्लेख गर्दै यिनीहरूले समुदायमा मेलमिलाप संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ठाकुरसिं नेम्वाङले नेपालको संविधान, प्रचलित ऐन-कानुन तथा मेलमिलापसम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्दै स्थानीय न्याय प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए। उनले समुदायमै विवाद समाधान गरी अदालतसम्म पुग्ने झन्झटिलो र खर्चिलो प्रक्रियालाई न्यूनीकरण गर्नु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। पालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ बमोजिम आवश्यक नयाँ मेलमिलापकर्ता उत्पादन तथा विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरेको हो। प्रशिक्षण अवधिभर सम्बन्धित निकायबाट अनुगमनसमेत गरिएको र सहभागीहरूलाई गम्भीरतापूर्वक कानुनी ज्ञान आर्जन गर्न आग्रह गरिएको थियो।

फाल्गुनन्द गाउँपालिका जिल्लामा उत्कृष्ट न्याय सम्पादन गर्ने पालिकाका रूपमा परिचित हुँदै आएको छ। सातै वडामा मेलमिलापकर्ता व्यवस्था गरिएको, मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक सामग्री व्यवस्थापन गरिएको र सबै मेलमिलापकर्तालाई परिचयपत्र (आईडी कार्ड) उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिइएको छ। साथै आगामी आर्थिक वर्षमा प्रशिक्षक उत्पादन टट तालिमसमेत सञ्चालन गर्ने योजना रहेको छ।जिल्ला अदालत पाँचथरका न्यायाधीशसहितको टोलीले गरेको अनुगमनमा गाउँपालिकाको न्यायिक अभिलेखीकरण तथा कार्यसम्पादन उत्कृष्ट रहेको उल्लेख गरिएको छ। यसै कारण अन्य स्थानीय तहका न्यायिक समितिहरूले समेत यहाँको अभ्यास अध्ययन गर्न आउने गरेका छन्। गाउँपालिका न्यायिक समिति सदस्य सागर नेम्वाङका अनुसार फाल्गुनन्दले स्थानीय न्याय प्रणालीमा नमुना अभ्यास प्रस्तुत गर्दै अघि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win