0 प्रतिक्रिया
अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने
AI सारांश
Fast AIअमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन्। आइतबार, जेलेन्स्कीले आफुले भने यी वार्ताहरूमा भाग लिने छैनन्। उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन्। गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको बताएका थिए।
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्। बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट 'माफी' र 'कृतज्ञता' सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ।
काठमाडौँ । अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन्।
जेलेन्स्कीले यो वार्ता महत्वपूर्ण हुने आशा व्यक्त गरेका छन्। जेलेन्स्कीले आफुले भने यी वार्ताहरूमा भाग लिने छैनन्। उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन्।
गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको बताएका थिए।
यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।
बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









