0 प्रतिक्रिया
सातौँ फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि फिदिम माविलाई
AI सारांश
Fast AI१. फिदिम माध्यमिक विद्यालयले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कुल ३३ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
२. रानीटार माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ।
३. सिद्धदेवी माध्यमिक विद्यालयले ९ स्वर्ण, १२ रजत र ६ कास्य पदक जित्दै तेस्रो स्थानमा सीमित भयो।
पाँचथर -फिदिम नगरपालिकाको आयोजनामा सम्पन्न सातौँ फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा सञ्चालन भएको प्रतियोगिताको उपाधि फिदिम माध्यमिक विद्यालयले कब्जा गरेको छ।
सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धासँगै फिदिम माविले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कुल ३३ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। उपाधिसँगै विद्यालयले ३० हजार रुपैयाँ नगद पुरस्कार, रनिङ शिल्ड ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा रानीटार माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ। रानीटार माविले २० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
त्यस्तै, ९ स्वर्ण, १२ रजत र ६ कास्य पदक जित्दै सिद्धदेवी माध्यमिक विद्यालय तेस्रो स्थानमा सीमित भयो। सिद्धदेवी माविले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, जम्प लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएका थिए। प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले अनुशासित र उत्साहजनक प्रदर्शन गरेका थिए।
समापन समारोहमा फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, शिक्षा शाखाका प्रमुख, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, खेल प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









