0 प्रतिक्रिया
कुम्मायकका बहुविवाह मुद्दामा दोषी ठहर फरार अभियुक्त कारागार चलान
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* पाँचथर जिल्ला अदालतले बहुविवाह मुद्दामा दुई जना प्रतिवादीलाई जनही १ वर्ष ५ महिना १७ दिन कैद तथा जनही रु. १५,०००/- जरिवानाको सजाय तोकेको थियो।
* अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरू पक्राउ परे, जसमा वर्ष ४० का बिरे भन्ने बिरेन्द्र कुमार लावती तथा वर्ष ३० की बिमला भन्ने भिममाया तामाङ रहेका छन्।
* पक्राउ परेका प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएपछि अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ।
पाँचथर । बहुविवाह मुद्दामा सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला पाँचथर, कुम्मायक गाउँपालिका वडा नं. १ निवासी रुपा तमाङको जाहेरीका आधारमा दर्ता भएको बहुविवाह मुद्दामा सम्मानित पाँचथर जिल्ला अदालत, फिदिमले मिति २०७५/०१/०६ गते प्रतिवादीहरूलाई जनही १ वर्ष ५ महिना १७ दिन कैद तथा जनही रु. १५,०००/- जरिवानाको सजाय तोकेको थियो।
अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा मिति २०८२/०८/२९ गते दिउँसो करिब ४ बजे उनीहरू आफ्नै घर–वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूलाई कैद तथा जरिवाना भुक्तानी प्रयोजनार्थ नियन्त्रणमा लिई कार्यालयमा राखिएको थियो।
पक्राउ परेका प्रतिवादीहरूलाई मिति २०८२/०९/०१ गते सम्मानित पाँचथर जिल्ला अदालत, फिदिममा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ।
पक्राउ पर्नेमा जिल्ला पाँचथर, कुम्मायक गाउँपालिका वडा नं. १ निवासी वर्ष ४० का बिरे भन्ने बिरेन्द्र कुमार लावती तथा सोही स्थानकी वर्ष ३० की बिमला भन्ने भिममाया तामाङ रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनकारी गराएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









