0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद
AI सारांश
Fast AIनेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। यस समाचारको ३ वटा मुख्य बुँदा यस प्रकार छन्:
१. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका छन्।
२. विश्वासको मतको प्रक्रियामा २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत, विपक्षमा ७४ मत, र मत दिन्ने पक्षमा १ मत परेको थियो।
३. प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन्, जसमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदको समर्थन थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् ।
गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन्।
आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो। त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











