0 प्रतिक्रिया
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त
AI सारांश
Fast AI१. अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ।
२. विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ।
३. आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ ।
क्यालिफोर्निया, २७ पुस। अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ।
यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ।
विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ।
स्थानिय प्रशासनले सो क्षेत्रका ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइसकेको छ । शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ। १ लाख मानिस बिजुलीविहीन बाँचिरहेका छन्।
लस एन्जलस काउन्टी सेरिफ रोबर्ट लुनाले त्यहाँको अवस्थाका बारेमा भने, ‘यी क्षेत्रहरूमा परमाणु बम खसालेको जस्तो देखिन्छ।’
धेरै ठाउँमा पानीका हाईड्रेन्ट सुकिसकेका छन् । त्यसैले कतिपय ठाउँमा धाराको पानी प्रयोग गर्न निषेध गरिएको छ । फोहोर पानीका कारण स्थानियको स्वास्थ्य स्थिति बिग्रिएको प्रशासनको आशंका छ । उनीहरूले स्थानियलाइ पानी उमालेर पिउने भनेका छन।
हालसम्म सो आगलागीले पेरिस हिल्टन, टम ह्यान्क्स, स्टिभन स्पिलबर्गजस्ता हलिउड सेलिब्रेटीहरूको घर जलेका छन भने उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गरिएको छ।
सोही क्रममा राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम बिदेश भ्रमणको रूपमा तय गरिएको इटाली भ्रमण अन्तिम समयमा रद्द गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









