+
+

माझी समुदायको आर्थिक अवस्था सुधारका लागि सहयोग गर्ने वचनवद्धता

Clock २०८१ फाल्गुन ७, बुधबार २२:२५
-- Sponsored --

पाँचथर, ७ फागुन

पाँचथर-यहाँका जनप्रतिनिधिहरुले जिल्लामा बसोबास गर्ने माझी समुदायको आर्थिक अवस्था सुधारका लागि सहयोग गर्ने वचन दिएका छन।

राजनीतिक ब्यवस्था परिवर्तन र विकासले आफूहरुलाई नसमेटेको गुनासो गरिरहेका माझी समुदायलाई जनप्रतिनिधिहरुले अर्थोपार्जनका नयाँ माध्यमको सिर्जना गर्न मद्दत गर्ने वचन दिएका हुन। नेपाल माझी उत्थान संघ पाँचथरको मंगलबार हिलिहाङ गाउँपालिका–७ माझीटारमा आयोजित दोश्रो अधिवेशनमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधिहरुले माझी समुदाय आर्थिक हिसाबले धेरै पिछडिएकाले आवश्यक सहयोग गर्ने वचन दिएका हुन।

माझी समुदायले माछा मार्ने, डुङ्गा चलाउनेलगायत आफ्ना परम्परागत पेशाहरु लोप हुँदा जिविकोपार्जनमा समस्या परेको गुनासो गरे। यस्तै वर्षेनिको बाढीले खेती गर्ने जमिन, सिंचाइ र खानेपानी समेत बगाइदिएपछि जिविकोपार्जन कठिन भएको माझी समुदायका अगुवाहरुको भनाइ छ। “आम्दानीका परम्परागत स्रोतहरु त मासिएकै थिए। लगातार दुई वर्ष हेंवा खोलामा आएको बाढीले खेत र कुलो बगाएपछि हातमुख जोड्न समस्या हुन लाग्यो”, हिलिहाङ–७ का वडा सदस्य रामप्रसाद माझीले भन्नुभयो ।

जिविकोपार्जन कठिन बनेको माझी समुदायको गुनासोपछि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले माझी समुदायले एकीकृत रुपमा आम्दानी गर्ने माध्यम खोज्नुपर्ने र यसमा नगरपालिकाले बजेट विनियोजन गर्ने वचन दिनुभयो। “यहाँहरुले आवश्यकताअनुसार के पेशा ब्यवसाय गर्नुहुन्छ ? निश्चित गरेर आउनुहोला”, नगर प्रमुख काफ्लेले भन्नुभयो, “तपाईंहरु कार्यक्रम बनाउनुहोला। दुई वटै पालिका मिलेर यहाँका समस्या समाधानमा लाग्ने छौं ।”

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले माझी समुदायका समस्या समाधानका लागि सबै पक्ष मिलेर ठोस कार्यक्रम बनाउने आश्वासन दिनुभयो। “हामी कोशी प्रदेश सरकारबाट समेत सहयोग मागेर माझी समुदायको आर्थिक अवस्था सुधारका कार्यक्रम अघि बढाउने छौं”, अधिकारीले भन्नुभयो।

फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीका अनुसार फिदिम नगरपालिका–४ मा बसोबास गर्ने सात घर माझी समुदायको घर निर्माण, खानेपानी लगायतको प्रवन्ध वडाबाट भइसकेको छ। तर यस्तै सुविधा हिलिहाङ–७ तर्फका ३३ घर माझी समुदायको छैन। “अब सामूहिक उत्पादनमार्फत आर्थिक अवस्था सुधार गर्न माझी समुदायले निश्चित कार्यक्रम बनाउनु पर्छ”, वडाध्यक्ष लावतीले भन्नुभयो। यस्तै हिलिहाङ–७ का वडाध्यक्ष धनकुमार पन्थाकले माझीटार पर्यटकीय क्षेत्र भएकाले पर्यटकको आकर्षण हुनसक्ने परम्परागत डुङ्गा सञ्चालनका लागि वडाले बजेटको ब्यवस्था गर्ने वचन दिनुभयो। उहाँले अवरुद्ध सिंचाइको मर्मतका लागि समेत बजेटको ब्यवस्था गर्ने आश्वासन दिनुभयो।

माझी उत्थान संघका केन्द्रीय उपाध्यक्ष कृष्ण माझी ब्यवस्था परिवर्तनले आफ्नो समुदायको अवस्था सुधार गर्न नसकेको वताउनुहुन्छ। “अझै पनि माझी समुदायको अवस्था आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले दयनीय छ”, उहाँले भन्नुभयो, “माझी समुदायको आर्थिक अवस्था कमजोर हुँदा सचेत र जागरुक बनाउन सकिएको छैन।” विशेषत पहाडी क्षेत्रमा नदी किनारामा बसोबास गर्ने माझी समुदाय शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचका दृष्टिले कमजोर अवस्थामा रहेको उपाध्यक्ष माझीको भनाइ छ।

पाँचथरमा फिदिम, हिलिहाङ र कुम्मायक गाउँपालिकामा माझी समुदायको बसोबास छ। पाँचथरमा माझी समुदायको जनसंख्या ५९८ रहेको छ। मंगलबार सम्पन्न माझी उत्थान संघ पाँचथरको दोश्रो अधिवेशनले रामप्रसाद माझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। उक्त समितिको उपाध्यक्षमा वीरबहादुर माझी, सचिवमा विमला माझी, सहसचिवमा ममिता माझी र कोषाध्यक्षमा रीता माझी रहनुभएको छ। यस्तै सदस्यहरुमा बिमला माझी, रनबहादुर माझी, मंगलबहादुर माझी, दिलमाया माझी र चनु माझी रहनुभएको अध्यक्ष रामप्रसाद माझीले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

ताजा अपडेट

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

धेरै कमेन्ट गरिएका

1

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

0

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

0

पाँचथरमा लागुऔषध सहीत ५ जना पक्राउ

0

पाँचथरमा गोरुले हानेर भिरबाट लड्दा एक जनाको मृत्यु

0

पाँचथरमा थपिए दुई हजार ६ सय ९० नयाँ मतदाता

0

फालेलुङ ३ र ४ को संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्दै

0

गाउँपालिका अध्यक्षद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

0

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

0

दोस्रो याम्बातपुङ गोल्डको च्याम्पियन चौबन्दी एफसी एकतप्पा

0

‘लिम्बुवान गेट’ पुनः निर्माणको तयारी

सिफारिस