0 प्रतिक्रिया
वाइसिएल नेपाल, पाँचथरको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा गणेश तुम्रोक निर्वाचित
AI सारांश
Fast AI१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को पाँचथर जिल्ला समिति अन्तर्गतको तेस्रो जिल्ला सम्मेलन फिदिममा सम्पन्न भएको छ।
२. सम्मेलनबाट गणेश तुम्रोकको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।
३. नवगठित कार्यसमितिका उपाध्यक्षहरूमा राजन त्रीखत्री, आयुस्मा आङ्देम्बे र बालेनहाङ लावती निर्वाचित भएका छन्।
फिदिम, पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को पाँचथर जिल्ला समिति अन्तर्गतको तेस्रो जिल्ला सम्मेलन बुधबार फिदिममा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनबाट गणेश तुम्रोकको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।
नवगठित कार्यसमितिका उपाध्यक्षहरूमा राजन त्रीखत्री, आयुस्मा आङ्देम्बे र बालेनहाङ लावती निर्वाचित भएका छन्। सचिवमा ग्याल्जेन शेर्पा चयन भएका छन् भने सहसचिवहरूमा सागर जबेगु, वसन्त आङ्बो, प्रकाश भट्टराई, भिम बेघा र बिनोद माङ्युङ निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अनिता तुम्बापोलाई दिइएको छ। यस्तै, ३७ जना सदस्य पनि कार्यसमितिमा चयन भएका छन्।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ, केन्द्रीय सदस्य सीता थेबे, वाइसिएल प्रदेश अध्यक्ष डम्बर पुलामी लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै नवगठित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









