+
+

चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने

59 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ३, बुधबार १०:४१
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ वटा बुँदामा चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि भिसा फ्री गरेको समाचारको सारांश दिएको छ:

* विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्री गरेको छ।
* चीनले मंगलबार आफ्नो भिसारहित ट्रान्जिट नीतिको विस्तारको घोषणा गरेको हो, जसका फाइदा अमेरिकासहित योग्य विदेशी यात्रुहरूलाई १० दिनसम्म देशका केही भागहरूमा बस्न अनुमति दिइनेछ।
* यो नयाँ नीति तुरुन्तै कार्यान्वयनमा जाने भएकाले अमेरिका, क्यानडा, धेरै युरोपेली र एसियाली राष्ट्रहरू सहित ५४ देशका राहदानीबाहकमा यो नयाँ नीति लागू हुनेछ, तर यात्रुहरूले १० दिन भित्र चीन बाहिर निस्कने टिकटहरू पेश गर्नु पर्ने भने अनिवार्य रहेको छ।

बेइजिङ, ३ पुस । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ।

कोभिड महामारीको तीन वर्षको एक्लोपनबाट बाहिर आउन संघर्ष गरिरहेको चीनले यो घोषणा गरेको हो। 

चीनले मंगलबार आफ्नो भिसारहित ट्रान्जिट नीतिको विस्तारको घोषणा गरेको हो । जसका फाइदा अमेरिकासहित योग्य विदेशी यात्रुहरूलाई १० दिनसम्म देशका केही भागहरूमा बस्न अनुमति दिइनेछ।

‘यस कदमको उद्देश्य अधिक विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न र चीनको अर्थतन्त्रलाई बढावा दिनु हो,’ चीनको पर्यटन मन्त्रालयले भन्यो । यसअघि यात्रुले चीनमा घुम्न गएको आधारमा ७२ देखि १४४ घण्टा मात्रै बस्न पाउँथे।

यद्यपि नयाँ नीति तुरुन्तै कार्यान्वयनमा जाने भएकाले अमेरिका, क्यानडा, धेरै युरोपेली र एसियाली राष्ट्रहरू सहित ५४ देशका राहदानीबाहकमा यो नयाँ नीत लागू हुनेछ। तर, यसरी फ्रि भिषाका लागि योग्य हुनको लागि, यात्रुहरूले १० दिन भित्र चीन बाहिर निस्कने टिकटहरू पेश गर्नु पर्ने भने अनिवार्य रहेकाे छ। राजधानी बेइजिङ र चीनको सबैभन्दा ठूलो सहर साङ्घाईलगायत २४ प्रान्तका ६० स्थानवाट बिदेशी पर्यटक अर्थात यात्रुहरू प्रवेश गर्न सक्ने गरी ब्यवस्था मिलाइएको छ।

 

हालै घोषित योजना अनुसार आगन्तुकहरूलाई केही सर्तसहित उनीहरूको बसाइको समयमा क्षेत्रहरूमा यात्रा गर्न अनुमति दिने चिनले प्रस्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win