0 प्रतिक्रिया
फाल्गुनन्द-१ सिद्धेश्वरी मा.वि का विद्यार्थीहरु कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट पुरस्कृत
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीका दुईजना विद्यार्थीहरु कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट पुरस्कृत भएका छन्।
२. शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा छात्रतर्फ उत्कृष्ट विद्यार्थी अबिन नेम्बाङ र छात्रातर्फ उत्कृष्ट विद्यार्थी मनिषा सञ्जेललाई नगद पुरस्कार सहित प्रशंसापत्रले सम्मान गरिएको छ।
३. नवमीडाँडा साहित्य मञ्चले २०७४ सालमा २१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको थियो जसबाट प्रत्येकवर्ष एसईई परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गर्ने गरिन्छ।
दिपक दुलाल, पौष ५
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीका दुईजना विद्यार्थीहरु कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट पुरस्कृत भएका छन्।
उक्त विद्यालयबाट शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा सहभागी भई सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक छात्र र एक छात्रालाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी कुमुदिनी अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान गरेको हो।
शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा छात्रतर्फ उत्कृष्ट विद्यार्थी अबिन नेम्बाङ र छात्रातर्फ उत्कृष्ट विद्यार्थी मनिषा सञ्जेललाई नगद पुरस्कार सहित प्रशंसापत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ।
प्रत्येकवर्ष उक्त विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गर्ने गरी २०७४ सालमा नवमीडाँडा साहित्य मञ्च नामक संस्थाले २१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको थियो। नवमीडाँडा साहित्य मञ्चले तत्कालिन समयमा प्रकाशन गर्दै आएको कुमुदिनी साहित्यिक त्रैमासिक पत्रिकाको नाममा आफ्नो संस्थाले विद्यालयमा कुमुदिनी अक्षयकोष स्थापना गरिदिएको नवमीडाँडा साहित्य मञ्चका अध्यक्ष राज दिलाञ्जलीले बताउँनुभयो।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अक्षयकोषदाता संस्थाका प्रतिनिधीहरु, शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेको प्रमुख अतिथ्यता, अक्षयकोषदाता संस्थाका प्रतिनिधी महेन्द्र सुवारको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











