0 प्रतिक्रिया
सत्ता पतन लगतै असदलाई अर्को झटका, श्रीमतीले मागिन सबन्ध बिच्छेद
AI सारांश
Fast AI१. सिरियाली राष्ट्रपति बसर अल असदकी पत्नी असमा अल असदले मस्कोमा आफ्नो जीवनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् र उनी चाँडै बेलायत जाने योजना बनाइरहेकी छिन्।
२. अस्मा अल असदले रुसी अदालतमा मस्को छोड्न विशेष अनुमति माग्दै निवेदन दिएकी छिन् र उनको आवेदनको रुसी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ।
३. अस्मासँग बेलायत र सिरियाको दोहोरो नागरिकता रहेको छ र उनी लन्डनमा सिरियाली आमाबाबुको कोखवाट जन्मे र हुर्केकी महिला हुन्।
मस्को, ८ पुस । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो ।
यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमास्कस बिद्रोहीको कब्जामा र असदको अचानक रुसमा लिएको शरण देखी अनेक घटना भएका छन ।
यसै बिचमा यो रिपोर्टहरू आइरहेको छ असदकी पत्नीले सम्बन्ध विच्छेदको लागि मुद्धा दायर गरेकी छिन र उनी चाँडै बेलायत जाने योजना बनाइरहेकी छिन् ।
द जेरुसेलम पोस्टका अनुसार अपदस्थ राष्ट्रपति बसर अल असदकी पत्नी असमा अल असदले मस्कोमा आफ्नो जीवनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । सिरियाली विद्रोही समूहले सिरियाको राजधानी दमास्कसलाई तुरुन्तै कब्जा गरेपछि सिरियाली नेता बसर अल असद देश छोडेर रसिया गएका थिए। असदको लामो समयको सहयोगी रुसले अन्ततः मानवीय आधारमा उनलाई र उनको परिवारलाई शरण दियो।
टर्की र अरब मिडियाले अस्मा हाल लन्डन जाने प्रयास गरिरहेको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार सिरियाली नेताकी श्रीमतीले रुसी अदालतमा मस्को छोड्न विशेष अनुमति माग्दै निवेदन दिएकी छिन् ।
उनको आवेदनको रुसी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ। अस्मासँग बेलायत र सिरियाको दोहोरो नागरिकता रहेको उल्लेख छ । उनी लन्डनमा सिरियाली आमाबाबुको कोखवाट जन्मे र हुर्केकी महिला हुन् । जो असदको परिवार अहिले कडा प्रतिबन्धमा बाँचिरहेकी छिन् ।
अस्मा सन् २००० मा सिरिया गइन् र त्यही वर्ष असदसँग विवाह गरिन् । त्यतिबेला उनको उमेर २५ वर्ष थियो । रुसी अधिकारीहरूले असदको शरणको अनुरोध स्वीकार गरे पनि सिरियाली नेता अझै कडा प्रतिबन्धमा बाँचिरहेका छन्। द जेरुसेलम पोष्टको रिपोर्टका अनुसार उनलाई अहिलेसम्म मस्को छाड्न वा कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









