0 प्रतिक्रिया
एनआरटीलाई हराउँदै मछिन्द्र फाल्गुनन्द गोल्डकपको फाइनलमा
AI सारांश
Fast AI१. मछिन्द्र फुटवल क्लबले न्यूरोड टिम (एनआरटी) फुटवल क्लबलाई १–० गोलअन्तरले पराजीत गर्दै फाइनलमा पुगेको छ।
२. मछिन्द्र फुटवल क्लबका दयानन्द इलाङ्वा लिम्बूले खेलको १० औं मिनेटमा गरेको गोल नै मछिन्द्रको जीतका लागि पर्याप्त बन्यो।
३. मछिन्द्र फुटवल क्लबले सोमवार हुने फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ।
रवीन्द्र काफ्ले
पाँचथर, १३ पुसः
मछिन्द्र फुटवल क्लब काठमाडौं पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ।
आज फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा न्यूरोड टिम (एनआरटी) फुटवल क्लबलाई १–० गोलअन्तरले पराजीत गर्दै मछिन्द्र उपाधिनजिक पुगेको हो। खेलको १० औं मिनेटमा दयानन्द इलाङ्वा लिम्बूको गरेको गोल नै मछिन्द्रको जीतका लागि पर्याप्त बन्यो । पहिलो हाफमा आक्रामक प्रदर्शन गरेको मछिन्द्रले एनआरटीलाई गोल गर्ने कुनै मौका दिएन।
दोश्रो हाफमा प्रदर्शनलाई सुधार गरेपनि एनआरटीले गोल फर्काउन नसक्दा उपाधि यात्राबाट बाहिरिएको हो। आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) मछिन्द्रका रक्षक (डिफेन्डर) देवेन्द्र तामाङ घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो।
मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतिस्पर्धी क्लब भएका कारण राम्रो तयारी गरेका कारण मात्रै जीत हाँसिल गर्न सम्भव भएको वताउनुभयो। पहिले गोल गरेर विपक्षीलाई गोल गर्न नदिने रणनीतिअनुसार आफ्नो टिम विजयी भएको वताउँदै न्यौपानेले उपाधिका लागि क्लबले थप तयारी गर्ने र आजका खेलमा देखिएका कमजोरी सुधार्ने वताउनुभयो।
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानाले पहिलो हाफमा आफ्नो टोलीले केही कमजोरी गर्दा पराजीत हुनु परेको वताउनुभयो। यस्तै टिममा रहेका दुई जना विदेशी खेलाडीहरु घाइते भई खेलको सुरुआती चरणमै मैदानबाट बाहिरिँदा आफ्नो टिमले अपेक्षित प्रदर्शन गर्न नसकेको वताउनुभयो।
अव सोमवार हुने फाइनल खेलमा मछिन्द्र फुटवल क्लबले चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ। चर्च ब्वाइज शुक्रवार सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पाराजीत गर्दै फाइनलमा पुगेको थियो। छ वर्षपछि पुनः सञ्चालनमा आएको यस प्रतियोगिताको विजेताले रु. १० लाख ५५५ तथा उपविजेताले रु. पाँच लाख ५५५ पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











