+
+

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

71 पटक हेरिएको
Clock २०८१ पुष १४, आईतवार १५:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ।
२. गौर नगरपालिकाका मेयर शम्भु साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।
३. जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

सञ्जय मिश्रा 
रौतहट, १४ पुस । 
नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो।

एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । 

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आईतवार विहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रुपमा स्वागत गरेका थिए।

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो। 

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win