+
+

फाल्गुनन्द गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र भिड्दै

130 पटक हेरिएको
Clock २०८१ पुष १५, सोमबार १०:१३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटवल क्लब प्रतिस्पर्धा गर्दै छन्।
२. फाइनल खेलमा दुवै टोली पहिलो पटक सहभागी भएका हुन् र वि.सं. २०७९ सालमा सम्पन्न ए डिभिजन लिगको विजेता चर्च ब्वाइज र उपविजेता मछिन्द्र सुदूरपूर्व पाँचथरमा आयोजित गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।
३. प्रतियोगिताको विजेता टोलीले रु. १० लाख ५५५ तथा उपविजेताले रु. पाँच लाख ५५५ प्राप्त गर्ने छन्।

रवीन्द्र काफ्ले
पाँचथर, १५ पुसः
पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटवल क्लबले प्रतिस्पर्धा गर्दै छन।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज दिउँसो २ बजेदेखि सञ्चालन हुने फाइनल खेलमा यी दुई प्रतिस्पर्धी क्लबवीच उपाधि भीडन्त हुन लागेको हो । छ वर्षपछि सञ्चालन भएको फाल्गुनन्द गोल्डकपमा दुवै टोली पहिलो पटक सहभागी भएका हुन। वि.सं. २०७९ सालमा सम्पन्न ए डिभिजन लिगको विजेता चर्च ब्वाइज र उपविजेता मछिन्द्र सुदूरपूर्व पाँचथरमा आयोजित गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन।
चर्च ब्वाइज युनाइटेडले सेमीफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई पराजीत गरेको थियो भने मछिन्द्रले उपाधिको होडमा रहेको न्यूरोड टिम फुटवल क्लबलाई पाखा लगाएको थियो । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले उपाधिका लागि आ–आफ्नो टोली तयार रहेको दाबी गर्नुभयो । दुवै प्रशिक्षकले आफ्नो टोली राम्रो लयमा रहेको, खेलाडीहरुले खेलमैदानको अनुभव सङ्गाली सकेको र दर्शकहरुको समर्थन रहेकाले उपाधि उचाल्ने दाबी गर्नुभयो ।
प्रतियोगिताको विजेता टोलीले रु. १० लाख ५५५ तथा उपविजेताले रु. पाँच लाख ५५५ प्राप्त गर्ने छन । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने र विधागत रुपमा खेलाडी पुरस्कृत हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रवद्र्धक फिदिम नगरपालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win