+
+

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

119 पटक हेरिएको
Clock २०८१ पुष २४, बुधबार २१:०७
-- Sponsored --

AI सारांश

Fast AI

१. रौतहट जिल्ला प्रहरी कार्यालयले एकैदिनमा २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
२. पक्राउ परेका प्रतिवादीहरुमध्ये जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुद्दाका ३ जना, लेनदेन मुद्दाका २ जना र कुटपिट मुद्दाका २ जना समेत छन्।
३. रौतहट प्रहरीले झण्डै २ करोड बराबरको अबैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ।

रौतहट २४ पुस। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ। 

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुदाका ३ जना, लेनदेन मुद्दाका २ जना , कुटपिट मुद्दाका २ जना तथा सवारी ज्यान र बिगो सम्बन्धी मुद्दाका एक एक गरी २० जना पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहट प्रहरीको सूचनामा उल्लेख गरिएको छ। एसपी घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत सैयौं फरार प्रतिवादी लाई पक्राउ गरिनुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटले झण्डै २ करोड बराबरको अबैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win