0 प्रतिक्रिया
फिदिम नगरको “कोखदेखि शोकसम्म” कार्यक्रम: नगरवासीका लागि विविध सेवाहरू
AI सारांश
Fast AI१. फिदिम नगरपालिकाले नगरवासिहरुको लागि विविध सेवाहरु उपलब्ध गराउने निर्णय गरेको छ।
२. नगरपालिकाले कोखदेखी शोकसम्म कार्यक्रम मार्फत एम्बुलेन्स सेवा सुरु गरेको छ, जसबाट गर्भवती आमाहरु, ७५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई निशुल्क सेवा प्रदान गरिनेछ।
३. नगरपालिका भित्र आयोजना हुने मेला महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुका लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई प्रवद्र्धक र मुख्य प्रवद्र्धकको भूमिका स्वतःनिर्वाह गर्ने शर्तमा राखेर सहयोग गर्ने निर्णय गरेको छ।
पाँचथर । जिल्लाको एक मात्र नगरपालिका फिदिमले नगरवासिहरुको लागि विविध सेवाहरु उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको माघ १० गते बसेको कार्यकालिका बैठकले यस्तो निणय गरेको हो । नगरकार्यपालिकाको बैठकमा भएको निर्णयहरु सोमबार पत्रकार सम्मेलन गर्दै फिदिम नगरले सार्वजनिक गरेको हो ।
फिदिम नगरले कोखदेखी शोकसम्म कार्यक्रम मार्फत एम्बुलेन्स सेवा सुरु गरेको मेयर मित्रप्रसाद काफ्लेले बताए । यसबाट नगरभित्रका गर्भवती अवस्थामा रहेका आमाहरु, ७५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक र “क” वर्गका अपाङ्गताको परिचयपत्र वाहक नागरिकहरुलाई जिल्ला अस्पताल ल्याउन र फर्काउनका लागि निशुल्क हुने निर्णय भएको छ ।यस सुविधाको लागि नजिकै रहेको स्वास्थ्य संस्थाको विशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारीस अनिवार्य गरिएको छ। अन्य नागरिकका लागि भने दश प्रतिशत छुट सुविधा रहेको नगरपालिकाले जनाएको छ।
उक्त वैठकले विपन्नसंग नगर प्रमुख कायक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्दै नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने घर परिवारको सदस्यको दुर्घटना वा कालगतिले मृत्यु भएमा काज किरिया गर्न दश हजार रकम उपलव्ध गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै फिदिम नगरपालिका भित्र आयोजना हुने मेला महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुका लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई प्रवद्र्धक र मुख्य प्रवद्र्धकको भूमिका स्वतःनिर्वाह गर्ने शर्तमा राखेर सहयोग गर्ने निर्णय गरेको छ। अबदेखी तीन लाख भन्दा माथिको आर्थिक सहायता उपलब्ध गराउदाँ नगरपालिकालाई अनिवार्य रुपमा मुख्य प्रवद्र्धक स्वीकार गरीनुपर्ने निर्णय भएको नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









