+
+

कुम्मायकका ज्येष्ठ नागरिकलाई दन्त उपहार

138 पटक हेरिएको
Clock २०८१ फाल्गुन १०, शनिबार २२:२६
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ वटा बुँदामा यस समाचारको सारांश दिएको छ:

१. यासोक-पाँचथरको कुम्मायक गाउँपालिकाले ६० वर्ष माथिका पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।

२. फागुन ११ देखि १३ गतेसम्म कुम्मायक आधारभूत अस्पतालयमा संचालन हुने शिविरमा पुर्वाञ्चल डेन्टल अस्पताल इटहरीको प्राविधिक सहयोगमा दाँत उपहार अन्तर्गत सेट दाँत लगाईने भएको छ।

३. दाँत झरेपछि हुने समस्यालाई सम्बोधन गर्न कुम्मायक गाउँपालिकाले यस कार्यक्रमको आयोजना गर्न लागेको छ, जसबाट ज्येष्ठ नागरिकले पाचन प्रणाली र कुराकानी जस्ता समस्याबाट मुक्त हुन सकोस्।

यासोक-पाँचथरको कुम्मायक गाउँपालिकाले ६० वर्ष माथिका पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ। फागुन ११ देखि १३ गतेसम्म संचालन हुने शिविरमा गाउँपालिकाको ५ वटै वडाका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त उपहार अन्तरर्गत सेट दाँत लगाईने भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले जानकारी दिए।

पुर्वाञ्चल डेन्टल अस्पताल इटहरीको प्राविधिक सहयोगमा कुम्मायक गाउँपालिकाको कार्यालयले शिविरको आयोजना गर्न लागेको हो। तीन दिनसम्म संचालन हुने शिविर कुम्मायक आधारभूत अस्पतालमा संचालन हुने भएको छ।

दाँत झरेपछि अुनहारको शोभा मात्र बिग्रिँदैन। खाने कुरा चपाउन नसक्दा पाचन प्रणाली बिग्रिन्छ, शब्दको सही उच्चारण नहुँदा कुराकानी बिग्रिन्छ। बुढ्योलीसँगै दाँत झर्न थालेपछि यस्ता समस्याबाट पीडित हुन्छन् ज्येष्ठ नागरिक यही समस्यालाई सम्बोधन गर्न कुम्मायक गाउँपालिकाले पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दाँत उपहार प्रदान गर्ने भएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लाओतीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win