0 प्रतिक्रिया
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ९९ जना महिला प्रहरी कर्मचारीहरु पुरस्कृत
AI सारांश
Fast AI१. कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत गरिएको छ।
२. पुरस्कृत हुनुभएका महिला प्रहरी कर्मचारीहरुमा प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीहरु समावेश छन।
३. कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुरस्कृत हुनुभएका महिला कर्मचारीहरुलाई थप हौसला र उर्जाका साथ पदिय जिम्मेबारी निर्वाह गर्न निर्देशन दिनु भयो।
मोरङ, फागुन २४ गते
११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत वहाँहरुलाई पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदिय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना र प्रहरी कार्यालय सहयोगी १ जना सहित जम्मा ९९ जना महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोवल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाई राख्न यस्ता किसिमका उत्प्रेरणा अभिबृद्धि योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु हुँदै पुरस्कृत हुनुभएका महिला कर्मचारीहरुलाई थप हौसला र उर्जाका साथ पदिय जिम्मेबारी निर्वाह गर्न निर्देशन समेत दिनु भयो ।
नेपाल प्रहरीले सम्पादन गर्ने बिभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सकृयतामा यस बर्ष कोशी प्रदेशमा नमूनाको रुपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस यस बर्ष “सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









