0 प्रतिक्रिया
मछिन्द्रलाई हराउँदै नमोवुद्धले जित्यो पाँचथर गोल्डकपको उपाधि
AI सारांश
Fast AI१. पाँचथरको फिदिममा आयोजित पाँचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नमोवुद्ध युवा फुटवल क्लब सप्तरीले जितेको छ।
२. नमोवुद्धले फाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटवल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
३. उपाधि जितेको नमोवुद्धले रु. ११ लाख एक हजार १११ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
पाँचथर, २ चैतः
पाँचथरको फिदिममा आयोजित पाँचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नमोवुद्ध युवा फुटवल क्लब सप्तरीले जितेको छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटवल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै नमोवुद्धले उपाधि उचालेको हो। नमोवुद्धका लागि विदेशी खेलाडी एलेक्सले ७३ औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो। प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा उपविजेतामा सिमित बन्यो।
उपाधि जितेको नमोवुद्धले रु. ११ लाख एक हजार १११ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मछिन्द्रले रु. पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गरेको छ। विजेता तथा उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटवल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडा, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले पुरस्कार वितरण गर्नुभयो।
विजेता बनेको नमोवुद्धले ए डिभिजनका तीन क्लबलाई हराएर विजेता बनेको हो। नमोवुद्धले क्वाटरफाइनलमा नेपाल पुलिस क्लब, सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र फाइनलमा मछिन्द्र क्लबलाई पराजित गरेको हो।
प्रतियोगिताको विधागत पुरस्कार समेत अधिकांश नमोवुद्धकै खेलाडीले प्राप्त गरेका छन। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक नमोवुद्धका जयनाथ सेख, उत्कृष्ट प्रशिक्षक नमोवुद्धकै धनकुमार तामाङ, उत्कृष्ट मिडफिल्डर नमोवुद्धकै विवेक राई र फाइनल खेलको उत्कृष्ट खेलाडी नमोवुद्धकै निर्मल घिसिङ घोषित हुँदै जनही रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित नमोवुद्धका दिपेश चाम्लिङले रु. १५ हजार पुरस्कार प्राप्त गर्नुभयो।
यस्तै प्रतियोगिताको उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो भने प्रतियोगिताको उदयमान खेलाडीका रुपमा आयोजक पाँचथर क्लबका निरोज लिङदेन पुरस्कृत हुनुभयो। प्रतियोगितामा समान ३ गोल गरेका नमोवुद्धका विदेशी खेलाडी स्टेफेन र चर्च ब्वाइजका राज भुसालले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गर्नुभएको आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो।
भारतको एक र अन्य नेपाली गरी ८ फुटवल टोलीको सहभागिता रहेको प्रतियोगिता फागुन २४ गते सुरु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











