0 प्रतिक्रिया
नवमीडाँडामा नयाँवर्ष मेला तथा खेलकुद कार्यक्रम बैशाख १ गतेदेखि सञ्चालन हुने
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित नयाँ वर्ष मेला सञ्चालन हुने भएको छ।
२. नयाँवर्ष २०८२ सालको अवसरमा अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता, विविध संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, स्थानीय परिकार तथा स्थानीय सामग्रीहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको छ।
३. चर्चित राष्ट्रिय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम, मोटर साइकल स्लो रेस तथा हाउजी बिङ्गो खेल समेत मेला अवधिभर सञ्चालन गरिने भएको छ।
दिपक दुलाल, चैत १२
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित नयाँ वर्ष मेला सञ्चालन हुने भएको छ।
नयाँवर्षको अवसर पारेर प्रत्येक वर्ष तिजोक युवा क्लव नवमीडाँडाले सञ्चलन गर्दै आएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम यसवर्ष २०८२ साल बैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको हो।
नयाँवर्ष २०८२ सालको अवसरमा अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता, विविध संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, स्थानीय परिकार तथा स्थानीय सामग्रीहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो।
यसैगरी चर्चित राष्ट्रिय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम, मोटर साइकल स्लो रेस तथा हाउजी बिङ्गो खेल समेत मेला अवधिभर सञ्चालन गरिने उहाँले बताउनुभयो।
तिजोक युवा क्लव साथै नवमीडाँडाका जननिर्वाचित प्रतिनिधीहरु र प्रहरी चौकी नवमीडाँडा तथा सरोकारवाला सबैको उपस्थितीमा आज बसेको सर्वपक्षिय भेलाले नयाँवर्ष मेला र खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको हो।
वडाध्यक्ष होम प्रसाद आङ्देम्बे लगायतको उपस्थिती रहेको कार्यक्रम तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









