0 प्रतिक्रिया
प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त
AI सारांश
Fast AI१. प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ।
२. गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन्।
३. प्रतिपक्ष दलले बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै निरन्त्त संसद अबरोध गरिरहेका छन्।
काठमाडौं, १७ चैत । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।
आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् ।
`संसद चल्न दिईएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो` एमााले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद अबरूद्द गरे पछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद भवन आउन नसकेको बताए।
बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधवार देखी प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेेर निरन्त्त संसद अबरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्दैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









