+
+

नयाँवर्षको अवसरमा नवमीडाँडामा अन्तरजिल्ला आमन्त्रित पुरुष सुरु

201 पटक हेरिएको
Clock २०८२ बैशाख १, सोमबार २२:४३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा आयोजित अन्तरजिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता आजबाट शुरु भएको छ ।
२. फुट्बल प्रतियोगिताको पहिलो खेलबाट केलाङ फुट्बल क्लब पत्थरी मोरङले बिजय शुरुवात गरेको छ ।
३. फुट्बल प्रतियोगिताको बिजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

दिपक दुलाल, बैशाख १
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा आयोजित अन्तरजिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता आजबाट शुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलबाट केलाङ फुट्बल क्लव पत्थरी मोरङले बिजय शुरुवात गरेको छ । आयोजक तिजोक यूवा क्लव नवमीडाँडालाई १ का बिरुद्ध ४ गोलले पराजित गर्दै केलाङ फुट्बल क्लव पत्थरी मोरङले शुरुवाती बिजयसँगै सेमि फाइनलको यात्रा तय गरेको हो । आफ्नै घरेलु खेलमैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा आयोजक तिजोक यूवा क्लव पहिलो चरणको खेलबाटै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
फुट्बल प्रतियोगिताको बिजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सिद्धदेवी मावि नवमीडाँडाको खेलमैदानमा सञ्चालन भइरहेको फुट्बल प्रतियोगितामा पाँचथर सहित झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम लगायतका जिल्लाका ८ टिमको सहभागिता रहेको छ ।
अन्तरजिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ, फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नरेन्द्र अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका संस्कृति भल्किने सांस्कृतिक नृत्यहरु केलाङ नाच, लाखे नाच, नौमती बाजा लगायतका झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । नयाँवर्षकै अवसरमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता खेलको समेत उद्घाटन गरिएको छ । जिल्ला ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेज बहादुर तुम्बापो, सचिव मंगल बेघा लगायतको उपस्थितिमा ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको हो ।
बैशाख ६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, विविध संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, स्थानीय परिकार तथा स्थानीय सामग्रीहरुको प्रदर्शनी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने तिजोक युवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो ।
यसैगरी चर्चित राष्ट्रिय कलाकारहरु कमल खत्री, सम्झना योङ्याङ लिम्बू, असल याक्थुङ तुम्रोक लगायत स्थानीय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम बैशाख ५ गते सञ्चालन गरिने बताइएको छ । नयाँवर्षको अवसर पारेर स्थानीय तिजोक यूवा क्लवले नवमीडाँडामा प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद, सांस्कृतिक कार्यक्रम तथा नयाँवर्ष मेला यसवर्ष २०८२ साल बैशाख १ गतेबाट शुरु भई बैशाख ६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win