0 प्रतिक्रिया
फिदिममा प्रदेशस्तरीय एन्फा रेफ्री कोर्ष सुरु
AI सारांश
Fast AI१. कोशी प्रदेशस्तरीय एन्फा रेफ्री आधारभूत कोर्ष वैशाख २३ देखि वैशाख २९ गतेसम्म फिदिममा सञ्चालन हुनेछ।
२. कोर्षमा पाँचथरका २२ जना सहित प्रदेशका विभिन्न जिल्लाबाट कूल ४३ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।
३. कोर्ष सफलतापूर्वक उतीर्ण गर्नेहरूलाई एन्फा रेफ्री ब्याच प्रदान गरिनेछ।
फिदिम, पाँचथर – वैशाख २३
पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेशस्तरीय एन्फा रेफ्री आधारभूत कोर्ष सुरु भएको छ। पाँचथर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको कोर्ष वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्लेले फुटबल मर्यादित बनाउन रेफ्रीको भूमिका महत्वपूर्ण रहेको भन्दै कोर्षको सफलताको शुभकामना व्यक्त गरे।
कोर्षमा पाँचथरका २२ जना सहित प्रदेशका विभिन्न जिल्लाबाट कूल ४३ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ, जसमा २ जना महिला पनि छन्। प्रशिक्षार्थीहरूलाई फिफाको Laws of the Game सम्बन्धी सैद्धान्तिक ज्ञान र शारीरिक फिटनेस प्रशिक्षण दिइनेछ। कोर्ष सफलतापूर्वक उतीर्ण गर्नेहरूलाई एन्फा रेफ्री ब्याच प्रदान गरिनेछ।
प्रशिक्षणमा पूर्व फिफा रेफ्रीहरू मधुसुधन खनाल, रोजिन श्रेष्ठ र सचिन अमात्यले प्राविधिक तथा शारीरिक पक्षमा प्रशिक्षण दिनेछन् भने फिटनेस पक्षको प्रशिक्षण सैलेश जोशी र रोजिन श्रेष्ठले दिने आयोजकले जनाएको छ। आयोजकले कोर्षले भविष्यका सक्षम रेफ्री उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









