+
+

कुम्मायक-५ भुल्केमा अस्थायी प्रहरी पोष्ट स्थापना, सुरक्षा सुदृढीकरणमा जोड

291 पटक हेरिएको
Clock २०८२ जेष्ठ ३०, शुक्रबार २१:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–५ भुल्केमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।
२. प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीको अध्यक्षतामा पोष्टको औपचारिक उद्घाटन गरिएको हो।
३. हालै सञ्चालनमा ल्याइएको भुल्के अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षक को कमाण्डमा ६ जना प्रहरी जवानहरू खटाइएको छ।

मनोज थापा

पाँचथर, २०८२ जेष्ठ ३० -पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–५ भुल्केमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। शुक्रवार एक विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कौशल कुमार बुढाथोकीको अध्यक्षतामा पोष्टको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावती, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका पदाधिकारी, स्थानीय समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलले प्रहरी पोष्ट स्थापना भएसँगै स्थानीय बासिन्दामा शान्ति सुरक्षाको प्रत्याभूति बढ्ने विश्वास व्यक्त गरे। उनले जनताको नजिक प्रहरीको उपस्थिति हुनु आफैँमा अपराध नियन्त्रणको बलियो माध्यम हुने बताए।

त्यसैगरी डिएसपी बुढाथोकीले भौगोलिक बनावट, जनघनत्व, विगतमा भएका घटनाहरू र सम्भावित जोखिमहरूको मूल्यांकनका आधारमा पोष्ट स्थापना गरिएको जानकारी दिए। “स्थापित पोष्ट नेपाल प्रहरीको मात्र होइन, स्थानीय नागरिकहरूको पनि साझा सम्पत्ति हो,” उनले भने। अपराधरहित समाज निर्माणका लागि स्थानीयको साथ, सहयोग र विश्वास अपरिहार्य रहेको उनले जोड दिए।

हालै सञ्चालनमा ल्याइएको भुल्के अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ६ जना प्रहरी जवानहरू खटाइएको छ। आगामी दिनमा प्रक्रिया पुर्याएर पोष्टलाई अस्थायी प्रहरी चौकी मा स्तरोन्नति गरिने योजना रहेको डिएसपी बुढाथोकीले बताए।

तमोर करिडोर सडक सञ्जालसँगै भुल्के क्षेत्रमा विकासको गति बढ्दै जाँदा, सुरक्षा व्यवस्था मजबुत पार्न गरिएको यो पहल स्थानीय बासिन्दाले स्वागत गरेका छन् भने यस क्षेत्रका स्थानीयवासी हर्सित समेत भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win