+
+

आरन ब्यवसालाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ गाउँपालिका

201 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ भाद्र ११, बुधबार १६:४५
-- Sponsored --

पाँचथर, ११ भदौः
पाँचथरको हिलिहाङ गाउँपालिकाले आरन ब्यवसायलाई आधुनिक बनाउन प्राविधिक सहयोग गर्न थालेको छ । हिलिहाङ गाउँपालिका गत आर्थिक वर्षको बजेटबाट १० जनालाई उपकरणहरु उपलब्ध गराएको छ।
गाउँपालिकाले मंगलबार १० जना आरन ब्यवसायीलाई वेल्डिङ मेसिन, ग्यालेण्डर, ड्रिल मेसिन, वेल्सिङ रड, ल्यालेण्डर ब्लड र ड्रिल बिट उपलब्ध गराएको हो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार रु. दुई लाख ४८ हजारको लागतमा यी सामग्री खरीद गरी आरन ब्यवसायीलाई वितरण गरिएको हो । गत आ.व. २०८१-०८२ को बजेटबाट खरीद गरेर सामग्री वितरण गरिएको हो। 
“आरन ब्यवसाय गर्नेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ। त्यसैले पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौं”, अध्यक्ष अधिकारीले भन्नुभयो, “गाउँपालिकाको सहयोगले ब्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।” यहाँका आरनमा विशेषत गाउँघरमा कृषि र घरायशी प्रयोगका औजार निर्माण र मर्मत हुने गर्दछन। 
गाउँघरमै आरन नहुँदा यस्ता सामग्रीको अभाव भई कृषि उपज उत्पादन घट्ने चिन्ताले गाउँपालिकाले सामग्री वितरण गरेको अधिकारीको भनाइ छ। यस्तै चालु आ.व.मा संघीय सरकारले दलित समुदायका परम्परागत पेशा ब्यवसाय प्रवद्र्धनका लागि रु. ५० लाख विशेष अनुदान उपलब्ध गराएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। “उक्त बजेटले अधिकांश आरन ब्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउछौं”, अधिकारीले भन्नुभयो।
हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मंग्रातीका अनुसार युवा पुस्ताले आरन ब्यवसाय गर्न अनिच्छा देखाउँदा यो ब्यवसायको पुस्तान्तरण चुनौतिपूर्ण बनेको छ । “हिँजोको जस्तै अपमानको दृष्टिले हेरिँदा अहिले पढेलेखेका दलित युवाहरुले आरन ब्यवसाय छोड्दै गएको छन। जसको समाजमा वहुआयामिक प्रभाव छ”, मंग्रातीले भन्नुभयो, “त्यसैले हामीले नयाँ पुस्तालाई परम्परागत पेशामा जोड्न प्रवद्र्धनात्मक कार्यक्रम थालेका हौं।”
गाउँपालिकाले गरेको सानो सहयोगले आरनमा अहिले लाग्ने समय आधामा घट्ने अपेक्षा गरिएको मंग्रातीको भनाइ छ । “आरनसहित दलित समुदायका परम्परागत ब्यवसायलाई ब्यवसायिक बनाउने र उद्योगका रुपमा विकास गर्ने सोचसहित हामीले काम थालेका हौं”, मंग्रातीले भन्नुभयो । परम्परागत रुपमा सञ्चालित आरनबाट निर्मित औजारहरु गुणस्तरीय हुने भएपनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ । यहाँका आरनहरुलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरु वताउँछन । आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ। 
परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भएपनि आरनहरुलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक रहेको ब्यवसायीहरुको भनाइ छ । हिलिहाङ–६ का सन्तवीर रसाइलीले भन्नुभयो, “हामीले भाटी पनि सरकारले नै दिएको थियो । यद्यपि अझै कतिपय सामग्री पुरानै छन। आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो ।” अधिकांश दलितहरुसँग प¥याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्ने रसाइलीको माग छ ।
हिलिहाङ–१ का रामकुमार खातीका अनुसार आरन ब्यवसायबाटै जिविकोपार्जनको काम हुँदै आएको छ। “विगतमा आयस्रोत कम थियो। अहिले आयस्रोत राम्रो छ। तर धेरै बलको काम गर्नुपर्ने हुँदा अहिलेको प्रविधिलाई प्रयोगमा ल्याउन पाए हामीलाई सजिलो हुन्थ्यो”, खातीले भन्नुभयो, “अहिले एउटा बामफोक एक हजार रुपैयाँमा विक्छ । हामीले नयाँ पुस्तालाई पनि काम सिकाउने प्रयास गरिरहेका छौं ।”
गाउँमा सबैले छोडेपछि हिलिहाङ–३ का देउप्रसाद खातीले आरन ब्यवसाय थाल्नुभएको छ। “गाउँमा खाँचै परेपछि आरन ब्यवसाय थालेको छु। अर्जाप्ने (मर्मत गर्ने) काम नगरी भएन”, खातीले भन्नुभयो, “विस्तारै सबै काम गर्दै लगेको छु। गाउँपालिकाले सहयोग ग¥यो भने एकातिर हाम्रो ब्यवसाय चल्छ भने अर्कातिर गाउँलेहरुलाई सहज हुन्छ।” 
हिलिहाङ गाउँपालिकामा मात्रै करीव १०० घरमा परम्परागत आरन ब्यवसाय रहेको अनुमान गरिएको जनप्रतिनिधिहरु वताउँछन । हिलिहाङ गाउँ कार्यपालिकाकी सदस्य गंगामाया विश्वकर्मा सरकारी तवरबाटै परम्परागत पेशालाई सम्मान गर्न सकेमात्रै ब्यवसायीक रुप लिनसक्ने वताउनुहुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win