+
+

धुल्पुजेस्थित किराँत माङ्गओप्मा माङहिममा महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ति भव्य रूपमा सम्पन्न

Clock २०८२ कार्तिक २५, मंगलवार २१:२९
-- Sponsored --

पाँचथर -१६ औँ राष्ट्रिय विभूति तथा किराँत धर्म दर्शन दाता महागुरु फाल्गुनन्द लिङदेन ज्युको १४१ औँ जन्मजयन्तिको अवसरमा फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगम स्थल धुल्पुजेस्थित किराँत माङ्गओप्मा माङहिममा भव्य कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता लक्ष्मी बहादुर सेर्माले गर्नुभएको थियो भने फाल्गुनन्द गाउँपालिका–६ का अध्यक्ष नारायण प्रसाद आङदेम्बे प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन अमर आङदेम्बेले गरेका थिए भने माङहिमका सचिव कुमार आङदेम्बेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

त्यसैगरी, महेन्द्र आङदेम्बेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महागुरुको स्मृतिमा आयोजना गरिएको तीन दिन लामो पूजाआजा तथा धार्मिक अनुष्ठान आज सम्पन्न भएको हो।अन्तिम दिनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक अगुवा, समाजसेवी, युवायुवती र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस