+
+

फालेलुङ ३ र ४ को संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्दै

135 पटक हेरिएको
Clock २०८२ मंसिर १०, बुधबार १५:२८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थप्लि डाँडा–सिर्लिङगीमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्ने भएको छ।
२. महोत्सवमा वडा स्तरीय महिला–पुरुष फुटबल प्रतियोगिता तथा खुल्ला पुरुष म्याराथन मुख्य आकर्षण रहनेछन्।
३. फुटबल प्रतियोगितामा महिला तथा पुरुष पहिलो हुने टोलीले समानरूपमा नगद ५०–५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्ने भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो।
आयोजकका अध्यक्ष योगेन्द्र सावदेन (लेन्जो) का अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा प्रवर्द्धनमा महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ। फालेलुङ गाउँपालिकामा पर्यटन प्रवर्द्धनका उद्देश्यले पछिल्ला वर्षहरूमा दुई वटा पर्यटन महोत्सव नियमित रूपमा आयोजना हुँदै आएका छन्। गत वर्ष चैतमा सम्पन्न गरिएको महोत्सव यसपटक मंसिरमै आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
समुद्री सतहबाट करिब ३ हजार मिटरको उचाइमा अवस्थित थप्लि डाँडाबाट सगरमाथा, कंचनजंगा, कुम्भकर्ण, मकालु लगायतका हिमशृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा हेरिएको छ। साथै, दुर्लभ वन्यजन्तु ‘रेड पाण्डा (हाप्रे)’ पाइने क्षेत्र भएकाले यसको संरक्षणमा पनि गाउँपालिकाले विशेष भूमिका खेलेको छ।
यस पटकको महोत्सवमा वडा स्तरीय महिला–पुरुष फुटबल प्रतियोगिता तथा खुल्ला पुरुष म्याराथन मुख्य आकर्षण रहनेछन्। ३ हजार मिटरको उचाइमा आयोजना हुने फुटबल प्रतियोगिता चुनौतीपूर्ण र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंसिर १२ गतेदेखि सुरु हुने फुटबल प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ।
खुल्ला पुरुष म्याराथन भने मंसिर १५ गते बिहान ८ बजेबाट सुरु हुनेछ। फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुगबाट फालोट बिओपी क्याम हुँदै महोत्सव स्थल थप्लि डाँडासम्मको ३२ किलोमिटर दौड हुने आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय उत्पादित सामग्रीका स्टल, विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, तीनसिमाना क्षेत्रका प्राकृतिक दृश्य अवलोकन, महिलाहरूको ‘हाड फोडाइ’ प्रतियोगिता तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
फुटबल प्रतियोगितामा महिला तथा पुरुष पहिलो हुने टोलीले समानरूपमा नगद ५०–५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले नगद २५–२५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी म्याराथनतर्फ प्रथमले नगद ३० हजार, दोस्रोले २० हजार, र तेस्रोले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
सवै प्रतियोगितामा प्रवेश शुल्क निःशुल्क राखिएको आयोजक सदस्य रतन थाम्सुहाङले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win