+
+

माघे संक्रान्तिमा फिदिममा रैथाने खाना महोत्सव हुने

41 पटक हेरिएको
Clock २०८२ पुष २३, बुधबार २१:२५
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल मगर संघ पाँचथरले आगामी माघ १ र २ गते फिदिम स्थित जिल्ला समन्वय समितिको परिसरमा रैथाने खानाको संरक्षण, प्रचार र पुस्तान्तरणमा जोड दिने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको छ।
२. महोत्सवमा मगरसहित पाँचथरमा बसोबास रहेका लिम्बू, राई, तामाङ, गुरुङ, नेपाल, सुनुवार लगायत जातजातिका रैथाने खानाका स्टल राखिने भएको छ।
३. महोत्सवका अवसरमा साँस्कृतिक झाँकीसहितका कार्यक्रम समेत आयोजना गरिएको छ।

फिदिम। माघे संक्रान्तिको अवसरमा फिदिममा रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ।
नेपाल मगर संघ पाँचथरले आगामी माघ १ र २ गते फिदिम स्थित जिल्ला समन्वय समितिको परिसरमा रैथाने खानाको संरक्षण, प्रचार र पुस्तान्तरणमा जोड दिने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको हो। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा मगरसहित पाँचथरमा बसोबास रहेका लिम्बू, राई, तामाङ, गुरुङ, नेपाल, सुनुवार लगायत जातजातिका रैथाने खानाका स्टल राखिने भएको छ। 
नेपाल मगर संघ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरका अनुसार महोत्सवमा सबै समुदायले आ–आफ्नो मौलिक परिकारलाई स्टल तथा विक्रीका लागि राख्ने छन। रैथाने खानाको स्टलबाट एक समुदायले अर्को समुदायको परिकार, संस्कृति तथा परम्पराबारे बुझ्ने, नयाँ पुस्ताले मौलिक रैथाने खानाबारे जान्ने अवसर पाउने अपेक्षा गरिएको थापाको भनाइ छ। मगर समुदायले माघे संक्रान्तिलाई मुख्य पर्वका रुपमा ‘माघ्या सकराटी’ नामले वर्षेनि विभिन्न कार्यक्रमहरु सहित मनाउने गरेका छन। 
मौलिक रैथाने खानाका परिकार बनाउने क्रम घट्दै जाँदा नयाँ पुस्ता यसवारे अनविज्ञ हुने अवस्था आएकाले महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर संघ पाँचथरका सदस्य तथा फिदिम नगरपालिका–१ का वडा सदस्य दीपेन्द्र थापा मगरको भनाइ छ। महोत्सवका अवसरमा साँस्कृतिक झाँकीसहितका कार्यक्रम समेत आयोजना गरिएको नेपाल मगर संघ पाँचथरले आज फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। ‘रैथाने खानाको प्रवर्द्धन,आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन ’ नारासहित आयोजित महोत्सव निर्माणाधीन फाल्गुनन्द पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रमसँग समेत सहकार्य गरिएको आयोजकको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win