0 प्रतिक्रिया
भण्डारी परिवारद्धारा विद्यालयमा अध्यक्षकोष स्थापना
AI सारांश
Fast AI१. रमेश थापा यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थीत गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ ।
२. विद्यालयमा आयोजित एक कार्यक्रमको बीच नगद रु ५० हजार २५ रुपैयाँको “भुवनसिं, कलमायाँ, डिग बहादुर भण्डारी” स्मृती अक्षयकोष गरिएको हो ।
३. अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिने भण्डारीको भनाइ छ ।
मनोज थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थीत गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ। बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमको बीच नगद रु ५० हजार २५ रुपैयाँको “भुवनसिं, कलमायाँ, डिग बहादुर भण्डारी” स्मृती अक्षयकोष स्थापना गरिएको हो। स्व.बुवा भुवनसिं, आमा कलमायाँ र दाजु डिग बहादुर भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरेको विद्यालयका प्र.अ भक्त बहादुर तामाङले बताउनुभयो। कुम्मायक गाउँपालिका–५ को नरकटे घरभई हाल झापा जिल्लामा बसोबास गर्दै आउनु भएका छोरा भीम बहादुर भण्डारी, छोरी र बुहारीहरुले अक्षयकोष स्थापना गरेको परिवारले श्रोतले छ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले विद्यालयमा अक्षयकोष स्थापना गरेको अक्षयकोषदाता भीम बहादुर भण्डारीले जानकारी दिनुभयो। अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिने भण्डारीको भनाइ छ।
सोही अवसरमा विद्यालयको नर्सरीदेखि कक्षा ८ सम्म अध्यायन गर्ने ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो। दाताहरुले विद्यार्थीहरुको पठनपाठनमा सहजहोस् भन्ने उदेश्यले कपी, डट र पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको शिक्षक लालाहाङ चेम्जोङले जानकारी दिनुभयो। परिवारको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरी सहयोग गरेको भन्दै विद्यालयले दाताहरुको प्रंशसा गरेको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी सहित ८५ जनाको सहभागीता रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









