0 प्रतिक्रिया
शिक्षिकाको निर्घात कुटाइपछि बालक अस्पतालमा, शरीरभरि चोटैचोट
AI सारांश
Fast AI१. पाँचथर-फिदिम नगरपालिका–१४ स्थित न्यू लुङरुपा एकेडेमीमा अध्ययनरत एक बालकमाथि विद्यालयकी शिक्षिकाले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
२. पीडित ५ बर्षिय बालक शेसेफुङ नेम्वाङलाई ‘वान टु’ लेख्न नजानेको भन्दै शिक्षिका सुमित्रा नेम्वाङ ले भाटाले कुटपिट गरेको परिवारको आरोप छ।
३. कुटपिटबाट घाइते भएका शेसेफुङ नेम्वाङको हाल गणेशमानसिंह सामुदायिक अस्पताल मा उपचार भइरहेको छ।
पाँचथर-फिदिम नगरपालिका–१४ स्थित न्यू लुङरुपा एकेडेमीमा अध्ययनरत एक बालकमाथि विद्यालयकी शिक्षिकाले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
पीडित ५ बर्षिय बालक शेसेफुङ नेम्वाङलाई ‘वान टु’ लेख्न नजानेको भन्दै शिक्षिका सुमित्रा नेम्वाङ ले भाटाले कुटपिट गरेको परिवारको आरोप छ।
परिवारका अनुसार गत बैशाख ३० गते भएको उक्त घटनापछि बालकको शरीरभरि निलडाम देखिएको थियो। रातभरि सुत्न नसक्ने, ज्वरो आउने तथा ढाडमा गम्भीर चोट देखिएपछि परिवारले घटनाबारे जानकारी पाएको जनाएको छ।
कुटपिटबाट घाइते भएका शेसेफुङ नेम्वाङको हाल गणेशमानसिंह सामुदायिक अस्पताल मा उपचार भइरहेको छ।
घटनापछि विद्यालय प्रशासनले कुटपिटमा संलग्न शिक्षिकालाई निलम्बन गरेको जनाएको छ। साथै उपचार खर्च विद्यालय र सम्बन्धित शिक्षिकाले व्यहोर्ने विद्यालयका प्रिन्सिपल जस राज राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









