+
+

बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य

2 पटक हेरिएको
Clock २०८३ जेष्ठ १५, शुक्रबार १७:३८
-- Sponsored --

AI सारांश

Fast AI

१. आगामी आर्थिक वर्षमा करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ।
२. पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ।
३. काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने छ।

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ। आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ। यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ।

उहाँका अनुसार आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। बागमती–पथलैया, नारायणगढ–हेटौँडा तथा गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ। पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला तथा कोहलपुर–गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ। पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ।

त्यसैगरी, काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने अर्थमन्त्री डा वाग्लेले उल्लेख गर्नुभएको छ। द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। “यस आयोजनाका लागि रु १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ। हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ। यसअन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य सुरु गरिनेछ तथा आठवटा सडक पुल निर्माण सम्पन्न गरिनेछ। हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड विनियोजन गरिएको छ”, मन्त्री डा वाग्लेले भन्नुभयो, “कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ। यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँचवटा पुल निर्माण सम्पन्न गर्न रु दुई अर्ब १६ करोड विनियोजन गरिएको छ ।”

उहाँका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र तथा पुल निर्माणका लागि रु एक अर्ब ४६ करोड विनियोजन गरिएको छ। आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गरिने अर्थमन्त्रीले उल्लेख गर्नुभयो। उहाँका अनुसार राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिनेछ। राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल तथा स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरिएको मन्त्री वाग्लेको भनाइ छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ। मुग्लिन–आबुखैरेनी खण्डको निर्माण सुरु गरिनेछ। नागढुङ्गा–मुग्लिन खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताउनुभयो।

“नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइनेछ। यी सडकखण्डका लागि रु छ अर्ब ५५ करोड विनियोजन गरिएको छ। कर्णाली करिडोरको ३१ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गरिनेछ। कालीगण्डकी करिडोरको २१ किलोमिटर सडक कालोपत्र गरिनेछ। कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्र गरिनेछ। यी तीन करिडोरका लागि रु छ अर्ब २५ करोड विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड स्तरोन्नतिका लागि रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिनेछ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win