+
+

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप : झापा–११ लाई हराउँदै रेड हर्ष इलाम सेमिफाइनलमा

10 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख २०, आईतवार १९:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. रेड हर्ष फुटबल क्लब इलामले झापा ११ एफ.सी.लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
२. खेलको ६० औँ मिनेटमा हिटेन सुहाङ्गले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने त्यसपछि ६३ औँ मिनेटमा बिनोद धमलाले अर्को गोल थपे।
३. प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

मनोज थापा

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ अन्तर्गत आईतबार भएको दोस्रो दिनको खेलमा रेड हर्ष फुटबल क्लब इलाम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

पृथ्वी माविको खेलमैदानमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा रेड हर्ष फुटबल क्लब इलामले झापा ११ एफ.सी.लाई २–० गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा इलामले उत्कृष्ट प्रदर्शन गरेको थियो।

खेलको ६० औँ मिनेटमा हिटेन सुहाङ्गले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६३ औँ मिनेटमा बिनोद धमलाले अर्को गोल थप्दै रेड हर्ष फुटबल क्लब इलामको जित सुनिश्चित गरे।

रेड हर्ष फुटबल क्लब इलामका हिटेन सुहाङ्ग म्यान अफ द म्याच घोषित हुँदै नगद रु. ७ हजार प्राप्त गरे भने फ्यान अफ द म्याच सुजता मिफोक घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिं सम्बाहाम्फे रहनुभएको थियो। खेलमा झापा ११ बाट राष्ट्रिय खेलाडी देबेन्द्र तामाङ र सौरव सुब्बा सहभागी रहेका थिए।

जितसँगै रेड हर्ष फुटबल क्लब इलाम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ भने प्रत्येक टिमले चार जना विदेशी खेलाडीसमेत सहभागी गराउन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ तथा उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

यलम्बर युवा संस्थाद्वारा आयोजित प्रतियोगिता त्रिशाली पूजा तथा मेलाको अवसरमा सञ्चालन भइरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win