+
+

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

127 पटक हेरिएको
Clock २०८१ जेष्ठ २०, आईतवार ०२:००
-- Sponsored --

AI सारांश

Fast AI

यस समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ, जसमा उनले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
* रियल म्याड्रिडले यो उपाधि १५औं पटक जितेको छ, जबकि डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको भने दोस्रो पटक उपविजेता बनेको छ।
* रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए, जसले खेलको दोस्रो हाफमा गोल गरेर रियल म्याड्रिडलाई उपाधि जिताएको हो।

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए।

यो सहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।

१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

त्यस्तै अर्कोतर्फ तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win