+
+

हसिनाका छोरा भन्छन्- अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन

122 पटक हेरिएको
Clock २०८१ श्रावण २२, मंगलवार ०९:३२
-- Sponsored --

AI सारांश

Fast AI

१. बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।
२. साजिबले भनेका छन् कि उनकी आमाले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् र आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ ।
३. साजिबले भने कि उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन, केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरेपछि उनी पदबाट राजीनामा दिएकी छन् ।

काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।

बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।’

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’

आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win