0 प्रतिक्रिया
युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा
AI सारांश
Fast AIयuk्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन्। यसका मुख्य ३ वटा बुँदा यस प्रकार छन्:
१. युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेपछि कुलेबाले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
२. रुससँगको लडाइका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए र उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको थियो।
३. युक्रेनका मिडियाले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन्, जसमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि राजीनामा दिएका छन्।
काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन्।
रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेपछि कुलेबाले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
रुससँगको लडाइका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको थियो ।
युक्रेनका मिडियाले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्य मन्त्रीमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









