+
+

फाल्गुनन्दमा राष्ट्रिय परिचयपत्र शिविर, ९ सय ४६ जनाले लिए सेवा

121 पटक हेरिएको
Clock २०८१ भाद्र २१, शुक्रबार ११:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. फाल्गुनन्द गाउँपालिकामा संचालन गरिएको राष्ट्रिय परिचयपत्र शिविर मार्फत नौ सय ४६ जना नागरिकले सेवा लिएका छन्।
२. शिविरमा महिला पुरुष गरी चार सय ९८ जनाले नयाँ दर्ता गरेका छन् भने चार सय ४८ जनालाई कार्ड वितरण गरिएको छ।
३. करीब ९० प्रतिशत लक्षित नागरिकले सेवा पाएको जनाइएको छ, बाँकी १० प्रतिशतको भने आवश्यक कागजात स्पष्ट नहुँदा काम बन्न नसकेको छ।

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा संचालन गरिएको राष्ट्रिय परिचयपत्र शिविर मार्फत नौ सय ४६ जना नागरिकले सेवा लिएका छन्। जिल्ला प्रशासन कार्यालय पाँचथरको संयोजन तथा पालिकाको समन्वयमा चार दिनसम्म शिविर संचालन गरिएको हो। शिविरमा महिला पुरुष गरी चार सय ९८ जनाले नयाँ दर्ता गरेका छन् भने चार सय ४८ जनालाई कार्ड वितरण गरिएको शिविर टोलीका संयोजक विशाल सुन्दासले जानकारी दिए ।

जिल्ला सदरमुकाम पुग्नलाई कठिन हुने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही,अपाङ्गता भएका व्यक्ति, एकल महिला,अशक्त  र असाहय्यहरुलाई मध्यनजर गर्दै पालिकाले सातै वटा वडामा घुम्ती शिविर शुरु गरेको थियो। भाद्र ११ गते १ र २ नम्बर वडाको सेवा केन्द्र नवमीडाँडामा एक दिने शिविरमा नयाँ दर्ता ७० जना र कार्ड वितरण तर्फ ५० जनाले सेवा पाएका थिए ।  भाद्र १७ गते ३ र ४ नम्बर वडाको सेवा केन्द्र राँकेमा ८८ जना नयाँ दर्ता  र एक सय ५० जनालाई कार्ड वितरण गरिएको थियो।

यसैगरी, १८ गते ६ र ७ नम्बर वडाको सेवा केन्द्र पिपलबोटेमा एक सय १८ जना नयाँ दर्ता र एक सय १६ जनाले कार्ड प्राप्त गरेका थिए । १९ गते ४ र ५ नम्बरको सेवा केन्द्र घुर्विसे पञ्चमीमा एक सय ३२ जनालाई कार्ड वितरण साथै दुई सय २२ जना नयाँ दर्ता गराउँने सेवाग्राही सहभागी थिए।

करीब ९० प्रतिशत लक्षित नागरिकले सेवा पाएको जनाइएको छ। बाँकी १० प्रतिशतको भने आवश्यक कागजात स्पष्ट नहुँदा काम बन्न नसकेको टोली संयोजक सुन्दासले बताए। शिविरमा लक्षित समूहलाई मात्रै सेवा दिने भनिए तापनि युवायुवतीको समेत सहभागीताले भिडभाड भएको थियो । ९० वर्ष सम्मका बृद्धवृद्धाहरु करीब दुई घण्टा टाढाबाट आएका कारण साँझको समयसम्म सेवाग्राहीको काम गरिएको जनाइएको छ।

फाल्गुनन्द गाउँपालिकामा विधवा महिला दुई सय ७० जना,अन्य जेष्ठ नागरिक एक हजार ५४७ जना, जेष्ठ नागरिक (दलित) ७० जना,जेष्ठ नागरिक एकल महिला एक सय ८९ जना, पूर्ण अपाङ्गता ५३ जना, अति अशक्त अपाङ्गता  एक सय ५१  र दलित बालबालिका एक सय १२ जना गरी जम्मा दुई हजार ३९२ जना रहेको पालिका पञ्जिकरण शाखामा तथ्याङ्क रहेको छ ।

नेपालमै पहिलो पटक पाँचथरमा २०७५ असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु भएको थियो । उक्त शिविरबाट विवरण सङ्कलन भएपश्चात २०७५ मङ्सिर ३ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाले फिदिम ४ की १०२ वर्षीया वयोवृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण आरम्भ गरेका थिए । यसपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने टोली विवरण सङ्कलनकै शैलीमा शिविर सञ्चालन गर्दै ६० वटै वडामा पुगेको थियो । हालपनि कतिपय ठाउँमा  छुट भएका नागरिकले परिचयपत्र लिन बाँकी रहेका छन् । आगामी दिनमा यसैगरी स्थानीय ठाउँमा  सेवाग्राहीलाई सुविधा मिलाउँन नागरिकले स्थानीय सरकार समक्ष अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win