0 प्रतिक्रिया
मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ- मन्त्री पाण्डे
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा छ:
* संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन्।
* नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै मन्त्री पाण्डेले भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ भन्ने कुरा बताए।
* मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् भने मन्त्रालयमा भएका वेथितिहरू सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे।
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए ।
उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै अगाडि भने, भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषामा अनुभूतिहरू गर्न पाउनु पर्छ ।
सो अवसरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् । मन्त्री पाण्डेले भने, मैले मन्त्रालयको बारेका बुझिसकेको छु। अब संस्कृति,पर्यटन र नागरिक उड्डयनको क्षेत्र अब सुधारका लागि काम अगाडि बढाउँछु ।
मन्त्री पाण्डेले आफूले सत्य निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका वेथितिहरू सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









