0 प्रतिक्रिया
भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
AI सारांश
Fast AI१. टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ, जसमा कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको छ।
२. मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ, र यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन्।
३. टेम्केडाँडामा रहेको मन्दिरको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको छ, र यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ।
भोजपुर, १० मङ्सिरः समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ।
कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ। “टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो। संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकाले जीर्णद्धारको लागि सर्भे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथावत राख्दै हुनेछ।”
यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन्। दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विस्वासले मानिसहरु यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको टेम्केमैयुङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । मानिसहरु आफ्नो कुल, पित्रीको सम्झनामा सदबीज छर्नको लागिसमेत पुग्ने उहाँको भनाइ छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँससमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ।
यो क्षेत्र भएर सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ। यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमासमेत दर्शन गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्।
मन्दिर रहेको स्थानबाट तराइँका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको उहाँको भनाइ छ। यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ।
“यो एउटा ऐतिहासिक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो”, उहाँले भन्नुभयो, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचार÷प्रसार हुन सकेको छैन। यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ । स्थानीय सरकारले यसको विकासमा ध्यान दिएको अवस्था छ।”
संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन्। प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिसहरु दैनिकजसो पुग्ने गरेका छन्। पर्यटनसँगै मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा ध्यान दिन आवश्यक रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो। “टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “तर हामीले यसको सोचेजस्तो विकास गर्न सकेका छैनौँ । यसको विकाससँगै प्रचारप्रसार गरेर स्थापित पर्यटकीय गन्तव्य बनाउन सकिन्छ।” यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृति प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन्। मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











