0 प्रतिक्रिया
हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा २७ रनले जित हासिल गरेको छ।
* नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो।
* नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ, जहाँ मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध र मे ३० मा अमेरिकाविरुद्ध खेल्ने भएको छ।
काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो ।
हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।
अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









