0 प्रतिक्रिया
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
AI सारांश
Fast AIवीरगन्जमा छुरा प्रहार भएको घटनाको ३ वटा बुँदामा सारांश निम्नानुसार छ:
१. वीरगन्ज राधेमाईमा १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको थियो।
२. घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ, तर यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए।
३. घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ, र घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।
वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्।
यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









