+
+

टी-२० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग पराजित

181 पटक हेरिएको
Clock २०८१ जेष्ठ २३, बुधबार ०३:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपालले टी-२० विश्वकपमा नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको छ ।
२. नेदरल्याण्डसले नेपालबाट मिलेको १०७ रनको लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।
३. नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ ।

काठमाडौँ । जारी टी-२० विश्वकपमा नेपालले हारबाट शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए । 

यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ विकेट हासिल गरेको छ । अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win